
काठमाण्डु, ११ मंसिर– साताको कारोबारको तेस्रो दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले वृद्धि भएको छ ।
१.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा पुगको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६२ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
आज १ करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।