मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

कुनै नीतिगत परिवर्तन नगरी केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने बताएको छ ।

समीक्षाबाट नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखको छ।

अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि नीतिलाई यथावत राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us