
काठमाण्डु, १४ मंसिर– भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाण्डु आइपुगेका छन् ।
धवन शुक्रबार साँझ दिल्लीबाट काठमाण्डु उत्रिएका हुन् । उनी कर्णाली याक्समा आबद्ध भएका छन् ।
उनलाई कर्णालीका अफिसियलहश्ररुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
एक खेल बराबर ३० हजार डलर दिने गरी कर्णालीले धवनलाई अनुबन्ध गरेको हो । उनले कम्तिमा ४ खेल खेल्नेछन् ।