
काठमाण्डु, १५ मंसिर– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा विराटनगर किंग्सका ओनपिङ ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाउन सफल भएका छन ।
आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरका लागि गप्टिलले अर्धशतक बनाउन सफल भएका हुन ।
न्युजिल्यान्डका गप्टिलले ५५ रन जोडे। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेर आउट भए । यद्यपी विराटनगरले तीन विकेट गुमाइसकेको छ। विराटनगरको ओपनर लोकेश बम ५ रन बनाएर खेलिरहँदा दोस्रो ओभरमा ललित राजवंशीबाट बोल्ड भए ।
नवौं ओभरमा विराटनगरले दोस्रो विकेट गुमायो। ओमानी ब्याटर अकिब इल्यासलाई १५ रनमा मोहमद मोहसिनले एलबिडब्लूको धरापमा पारे।तेस्रो विकेटको रूपमा निकोलास किर्टोन आउट भए ।
उनलाई १२औं ओभरको अन्तिम बलमा हर्ष थाकरले आउट गरे। आउट भएका किर्टोन र विकेट लिने थाकर दुवै क्यानडाका हुन्।