कीर्तिपुरमा शिखर धवन

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– काठमाण्डुको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट पहिलो खेल खेलेका छन् ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिले ब्याटिङ रोज्दा शिखर धवनले ओपनिङ गरेका थिए । देव खनालसँग ओपनिङमा आएका शिखर धवनले १४ बलमा १४ रन बनाउन सफल भएका छन ।

तीन चौका प्रहार गरेका धवनलाई हर्ष ठाकुरले बोल्ड गरे । जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स र शिखर धवनको पहिलो खेल हेर्न कीर्तिपुरमा दर्शकहरूको उत्साहजन सहभागीता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us