
काठमाण्डु, १८ मंसिर– नेपाल प्रिमियर लिगमा (एनपिएल) मा रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
काठमाण्डुको र्कीतिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाउन सफल भएको हो ।
३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाउन सफल भएका थिए ।
लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे । बलिङतर्फ पोखराका विपिन खत्री, बास डी लेड र रेमोन रेइफरले दुईरदुई विकेट लिन सफल भएका थिए ।