विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको लक्ष्य

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– नपाल प्रिमियर लिग (एनपीएलमा) लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

काठमाण्डुको कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाउन सफल भएको हो ।

जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउन सफल भएका थिए ।

अरध्शतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाउन सफल भएका थिए । तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरेका थिए ।

यो जोडी ब्याटिङ गरिहरँदा २०० स्कोर कट्ने जस्तो देखिएको थियो । तर राजेश पुलामीले साझेदारी ब्रेक गरेपछि विराटनगरले बलिङमा पुनरागमन गरेको थियो । तैपनि विवेक यादवलेकेमियो इनिङ्स खेल्दै ७ बलमा अविजित १९ रन बनाएपछि लुम्बिनीले लिगकै उच्च स्कोर बनाउन सफल भएको हो ।

विवेकले ३ छक्का प्रहार गरे । यसैगरी अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाउन सफल भएका थिए ।अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिन सफल भएका थिए । सन्दीपले जार लिगमा तेस्रो खेलमा आएर पहिलो विकेट लिएका हुन् । लुम्बिनीमा चार खेलाडी रनआउटको शिकार बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us