
काठमाण्डु, २५ मंसिर– आज मंगलबार संसद् सेवा दिवस पारेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।
काठमाण्डुको भृकुटीमण्डपस्थित गोल्ड फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाले खेल जितेको छ ।
प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३–० अन्तरले हराएको छ । खेलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रतिनिधि सभाबाट सभामुख देवराज घिमिरेसहित उप सभामुख इन्दिरा रानाले पनि सहभागी रहेका थिए ।