
काठमाण्डु, २६ मंसिर– अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा सुधार देखिए पनि आफू सन्तुष्ट नरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले अर्थतन्त्रमा देखिएको सदस्या र दबाबबाट विस्तारै बाहिर आए पनि सुधारको गतिसँग सन्तुष्ट हुने अवस्था नरहेको स्वीकार गरे ।
‘अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौं’, पौडेलले भने, ‘तर सुधारको गतिसँग म सन्तुष्ट छैन । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’
अर्थतन्त्रमा लामो समयदेखि थुप्रिएको समस्या आजको भोलि नै समाधान हुन नक्ने पौडेलको भनाइ थियो ।
विदेशी मुद्राको सञ्चिती सन्तोषजनक रहेको, बैंकहरुमा लगानी योग्य रकम पर्याप्त भएको, व्याजदर घटेको तथा मुद्रास्फीति सीमाभित्र्र रहेको अर्थमन्त्रीले बताए ।
गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्ष सोही अवधिमा राजश्व संकलनमा केही सुधार भए पनि लक्ष्यअनुसार नभएको उनले स्वीकार गरे ।