पोखराले काठमाण्डुलाई दियो १३९ रनको लक्ष्य

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज शनिबार भएको खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

काठमाण्डुको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाउन सफल भएको हो । पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए ।

३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहारा गरेका हुन ।यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाउन सफल भएका हुन । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए ।

यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाउन सफल भए । बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिद खानले ३–३ विकेट लिन सफल भए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए ।जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान एक विकेट लिए ।

एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए । पोखराले अन्तिम दुई ओभरमा २६ रन जोडेको थियो । रेइफरले अन्तिम ओभरमा तीन बाउण्ड्रीसहित एक्लै १७ रन बनाउन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us