कर्णाली प्लेअफमा, काठमाण्डु गुर्खाज बाहिरियो

काठमाण्डु टुडे २०८१ पुष १ गते १२:२० मा प्रकाशित

काठमाण्डु, १ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार भएको खेलमा काठमाण्डु गुर्खाजलाई हराउँदै कर्णाली याक्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमाण्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।

अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमाण्डु गुर्खाज प्लेअफमा पुग्ने थियो ।

तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो । यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ ।

यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ । अन्य नतिजा आएपनि कर्णाली शीर्ष दुईमा पुग्ने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us