१३.५३ अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०८१ पुष ७ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, ७ पुस– साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले ओरालो लागेको छ । पछिल्लो समय बजार लगातार घट्दै गएको छ ।

आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको नेप्सेले जानएको छ । आइतबार १५४ कम्पनीको मूल्य घट्यो । यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो । तर ८४ कम्पनीको मूल्य बढेको छ ।

आइतबार सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर लिमिटेडको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।

आज कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भयो । ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको सेयर कारोबार भएको छ । आइतबार उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us