प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०८१ पुष ८ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, ८ पुस– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

प्रतितोला २ सय रुपैयाँले बढेसँगै आज नेपाली बजारमा छापावाल सुन सोमबार प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तोलाको एक हजार ७ सय ९० थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us