
काठमाण्डु, ११ पुस– साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाली बजारमा सेयर बजार परिसुचक (नेप्से) साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ ।
बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको नेप्सेले जनाएको छ । पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
बिहीबार कारोबार रकम पनि बढेको छ ।अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो । साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको नेप्सेले जनाएको छ ।