थानकोटमा युवतीमाथि चक्कु प्रहार, एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २७ गते १५:०० मा प्रकाशित

काठमाण्डू, २७ पुस– काठमाण्डूको चन्द्रागिरी नगरपालिका–३ स्थित थानकोटमा एक युवतीमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।

उनको घाँटीको पछाडीको भाग र अनुहारमा चोट लागेको छ । उनलाई उपचारको लागी ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

चक्कु प्रहारमा संलग्न रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई पक्राउ गरीएको पनि प्रहरीले जानकारी दिएको छ । पीडित युवती र आरोपी पूर्व परिचित हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us