काठमाण्डू, २७ पुस– आज शनिबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजानतन्त्र पार्टी राप्रपा नेपालले पनि जलपान कार्यक्रम आयोजना गरेको छ ।
उक्त जलपान समारोहमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा पनि सहभागी भएका छन् ।
राप्रपा नेपालले बालुवाटारको एक ब्याङ्क्वेटमा जलपान आयोजना गरेको थियो । त्यस लगतै प्रधानमन्त्री ओली राप्रपाको जलपान समारोहमा पनि सहभागी भएका थिए ।