सरकारले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाण्डु टुडे २०८१ माघ २ गते २०:४७ मा प्रकाशित

काठमाण्डू, २ माघ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य वृद्धि गर्ने निर्णय भएको नेपा आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मटीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको निगमको भनाइ छ ।

मूल्य वृद्धिसँगै पहिलो वर्गका स्थानहरुमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६२ रुपोयँ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्गअन्तर्गत १ सय ६४ र तेस्रो वर्गका क्षेत्रमा १ सय ६५ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १ सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५५ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५६ रुपैयाँ पतिलिटर कायम भएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोश्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डू, पोखरा र दिपायल छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us