काठमाण्डू ८ माघ– महोत्तरीमा अर्धनग्न अवस्थामाएक युवकको शव भेटिएको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको जिल्ला प्रहरी कार्यलय महात्तरीले जानकारी दिएको छ ।
आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानले जानकारी दिएका छन ।
घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको पनि उनले जानकारी दिएका छ । घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएको छ ।