५ अंकले बढ्यो नेप्से, घट्यो कारोबार

काठमाण्डु टुडे २०८१ माघ ८ गते १५:४४ मा प्रकाशित

काठमाण्डू ८ माघ– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो ।

आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्‍यो । मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो । जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो । सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो ।

आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमानेमा परे । यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको नेप्सेले जानकाएको छ । कुल कारोबार चाहिँ ६ अर्ब १९ करोड १ लाखको भएको छ ।

आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us