५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार

काठमाण्डु टुडे २०८१ माघ ९ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, ९ माघ– साताको कारोबारको चौथो दिन आज (बुधबार) सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले उकालो लागेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि बढेको छ ।

३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ ।

कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ ।

आज लगानी, अन्य, व्यापार, विकास बैंक, होटल तथा पर्यटन लगायत उपसमूहका कम्पनीमा लगानीकर्ता आकर्षित भए । लगानी उपसमूह ३.८२ प्रतिशतले बढेको छ । अन्य उपसमूह २४, व्यापार २.४५, विकास बैंक २.७४ र होटल उपसमूहको सूचक २.७१ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us