क्यानडामा नेपाली युवतीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०८१ माघ १० गते ९:३३ मा प्रकाशित

काठमाण्डू, १० माघ– क्यानडामा एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।

क्यानडाको ओन्टारियोमा गत २४ डिसेम्बरमा नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको हो । साथीले घरमा बोलाएपछि गएकी उनीमाथि सामूहिक बलात्कार भएको थियो ।

बलात्कारअघि उनका साथीले लठ्याउने औषधि खुवाएका थिए । युवतीको सामूहिक बलात्कारका कारण अत्याधिक रक्तश्राव भएको र उपचार जारी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाकी महासचिव चन्दा अधिकारीले जानकारी दिइन् ।

यसैबीच प्रहरीले बलात्कारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । तीनमध्ये दुई जना जमानतमा रिहा भए पनि एक जना थुनामै छन् । महासचिव अधिकारीले पीडितलाई आफूहरुकै संरक्षणमा राखिएको बतइन् ।

उनका अनुसार पीडिक युवकका परिवारले नेपालबाट फिर्ता लिन पीडितमाथि दबाब दिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us