
काठमाण्डू, १६ माघ– केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका छन ।
प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ उनले बताएका छन । प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले पाँच लाख पाउने भएका छन ।
त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार पाउने छन् ।
प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार पाउनेछ। त्यस्तै, हरेक खेलको विजेता टोलीले २५ हजार पाउने भएका छन । उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुने भएको छ ।