सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०८१ माघ १९ गते ८:२० मा प्रकाशित

काठमाण्डू, १९ माघ–सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ ।

आज बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको हो । पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ तथा

डिजेल र मट्टीतेलमा चार रूपैयाँका दले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य १ सय ६४ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५७ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५९ रूपैयाँ पर्छ ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डू, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ६७ रूपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टीतेलको मूल्य १ सय ६० रूपैयाँ कायम गरिएको छ ।

अतर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै भारतीय आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको नियमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us