स्टेजमै भक्कानिइन् एलिना, भनिन्ः ‘धोकेबाज’ गीत धेरै गाउन मन छैन

काठमाण्डु टुडे २०८१ माघ २५ गते १३:४२ मा प्रकाशित

काठमाण्डू, २५ माघ– गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गीत धेरै गाउन मन नलाग्ने प्रतिक्रिया दिएकी छन । आज शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले दर्शकहरूसँग यस्तो प्रतिक्रिया दिएकी छन ।

उनले भनिन्, ‘धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ ।’ उनी स्टेजमै भक्कानिएकी थिइन्। ‘भर्खर–भर्खर ब्रेकअप भएको छ ।

यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन ।’ उनले दर्शकहरूलाई कसैसँग नजकिनसमेत भनेकी थिइन् । गायिका चौहानले गतसाता मात्रै जिल्ला अदालत काठमाण्डूमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us