
काठमाण्डू, ६ फागुन– साताको तोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से परिसूचक लगातार तेस्रो दिन बढेको छ ।
आज सेयर बजार परिसूचक ११.९२ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७३९.८२ अंकमा पुगेको छ ।
परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको नेप्सेले जनाएको छ । बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । सोमबार पनि कारोबार १० अर्ब नाघेको थियो ।
बजारमा आज १४९ कम्पनीको मूल्य घटेको छ । ८७ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार परिसूचक भने बढेको देखिएको छ ।
घटेको कम्पनी कुल संख्याको ६१ प्रतिशत हो । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार बढेको छ ।
आज चार कम्पनीहरू विन नेपाल, गुराँस लघुवित्त, इमर्जिङ नेपाल, गार्डियन माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी बैंकको डिवेञ्चरमा नकारात्मक सर्किट लागेको छ ।