
काठमाण्डू, ६ फागुन– एमाले सांसद सूर्यबहादुर थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानुन र निकायहरूले छानबिन गरिरहेको बताएका छन ।
आज मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानबिन नहुने पनि बताएका छन । उनले देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरू उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘आज देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद छ । अनेक काण्ड चर्चामा छन्, चर्चामा ल्याइएका छन् । ती उचालिन्छन्, सेलाउँछन् । काण्डहरू उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् ।
विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरू अहिले बढी सक्रिय भएको पाइन्छ ।
ती काण्ड त्यति बेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन् । स्वार्थमा सौदाबाजी गरिएका थिए कि, के थिए रु छानबिन कहाँ भएका थिए रु म सोध्न चाहन्छु, यती, ओम्नी के९के भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानबिन गरियो रु आज बलपूर्वक भन्नुस् वा अनिच्छावश भन्नुस् सरकारबाट बाहिरिनुपर्दा ती फेरि जुर्मुराउन थालेका छन् ।’