
काठमाण्डू, १३ फागुन– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यँहि चैत अन्तिम साता विदा हुँदै छन ।
गभर्नर अधिकारीको कार्यकाल सकिन अब डेढ महिना मात्रै बाँकी छ । उसोत कानुन अनुसार कार्यकाल सकिनु भन्दा एक महिना अगावै विदा बस्न सक्ने प्रवधान छ । त्यो प्रवधान अनुसार गभर्नर अधिकारी विदामा बसेको खण्डमा अधिकारीले अब दुई साता मात्रै राष्ट्र बैंकको गभर्नरको नेतृत्व सम्हाल्ने छन ।
यो सँगै गभर्नर अधिकारीको दिन गन्ती सरु भएको छ । गभर्नर अधिकारीको दिन गन्ती सुरु भएसँगै अब नेपाल राष्ट्र बैंकको गभर्नरको नेतृत्व कसले गर्ला भनेर चासो बढ्न थालेको छ । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था भित्र मात्रै होइन अर्थतन्त्र बारे चासो राख्नेलाई पनि भावी गभर्नर बारे चासो बढ्न थालेको छ ।
गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्द भावी गभर्नरका आकंक्षीहरुले पनि शक्ति केन्द्रहरुसँग निकट्ता बढाउन सुरु गरी सकेका छन । तर वर्तमान सत्ता गठबन्धनका मुख्य दल कांग्रेस एमालेबीच राष्ट्र बैंकको गभर्नर कसको भागमा राख्ने सहमति नभई सकेको स्रोतले जानकारी दिएकोे छ । एमालेको नेतृत्वमा सरकार रहेको र अर्थमन्त्री समेत एमालेकै रहेकाले गभर्नर पनि एमालेले नै राख्ने धेरैको अनुमान छ । एमाले निकट स्रोतका अनुसार राष्ट्र बैंकको गभर्नर एमालेकै भागमा पर्ने लगभग पक्का पक्कि जस्तै छ । तर अहिले सम्म टुङ्गो भने नलागी सकेको स्रोतले जानकारी दिएको छ ।
गभर्नर प्रशासन क्षेत्रमा आकषर्क पद मानिन्छ । सरकारको ढुकुटी रहने, बैंकहरुलाई नियमन गर्ने, नयाँ नोट जारी गर्ने र नोटमा अस्ताक्षर गर्ने भएकाले गभर्नर पद लाई निकै आकर्षक पदको रुपमा लिने गरिन्छ । मुलकको अर्थतन्त्रलाई कुन दिशामा डोर्याउने भनेर निर्णयक भुमिका निर्वाह गर्ने भएकाले नेपालमा मात्रै होइन विश्वमानै केन्द्रीय बैंकको गभर्नर पद प्रतिको आकर्षण उत्तीकै छ ।
अधिकारीको कार्यकाल सकिन केहि साता मात्रै रहदाँ भावी गभर्नरका आकांक्षीहरुले शक्ति केन्द्रसँग निकट भएर लभिङ सुरु गरीसकेका छन । को को छन त भावी गभर्नरका लागि आकांक्षी ?
१८ औं गभर्नरका लागि यी हुन आकांक्षी उम्मेदवार
गभर्नर अधिकारी कार्यकाल सकिन केहि सातामात्रै बाँकी छ । यो सँगै राष्ट्र बैंकको १८ औं गभर्नरको नेतृत्व सम्हाल्नको लागी आकांक्षीहरुको लर्काे लागेको छ ।
अहिले सम्म १८ औं गभर्नरका लागि डेपुटी गभर्नर निलम ढुंङगाना, डेपुटी गभर्नर वमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्ट, राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, यस बाहेक अन्य पूर्व अर्थसचिवहरु रामेश्वर खनाल, लालशंकर धिमिरे, पूर्व डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल, लगानी बोर्डका पूर्व सिईओ सुशील भट्ट बैंकर राजनसिंह भण्डारी लागायत अन्य वाणीज्य बैंकका केहि सोईओ सहित दर्जनैको आकांक्षी हरुको लर्काे लागेको छ ।
तर राष्ट्र बैंकको गभर्नर कसलाई नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख आर्थीक सल्लाहकार समेत रहेका पूर्व अर्थमन्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, कांग्रेस सभापति शेरवादुर देउवा र देउवा पत्नी एवं प्ररराष्ट्रमन्त्री आरजु देउवा घोषित अघोषित शक्ति केन्द्र हुन ।
राष्ट्र बैंकका गभर्नरका लागि आकांक्षीहरुले पनि पार्टीगत निकटताको आधारमा यी शक्ति केन्द्रहरु सँग भावी गर्भनरका लागी लभिङ सुरु गरीसकेका छन ।