एमालेबाट निलम्बित उषाकिरण र माओवादी नेता कार्कीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– केहि समय अधिमात्रै नेकपा एमालेबाट निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेकपा माओवादी केन्द्र का सचिव राम कार्कीसँग भेटवार्ता गरेकी छन ।

उनीहरूबीच बिहीबार (आज) झापामा भेट भएको हो। भेटबारे जानकारी गराउँदै उषाकिरणले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘झापा आएपछि राम दाइलाई नभेटी भएन ।’

उषाकिरणसहित अर्की नेता विन्दा पाण्डेलाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।

  त्यसयता उनीहरू पार्टीको काममा रहेका छैनन । उनीहरुबिच भएको यस भटलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us