ज्ञानेन्द्रलाई ओलीको प्रश्नः तपाईंले खोजेको के हो ?

काठमाण्डु टुडे २०८१ फागुन २५ गते २०:०० मा प्रकाशित

कैलाली, २५ फागुन–प्रधानमन्त्री केपी ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै ओलीले जनताको बलिदानपूर्ण र लामो संघर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिंड्न सबैमा आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै ओलीले भावनामा बगेर देश नबन्ने बताए । मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गरे । पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको भन्दै उनले कुर्सीमा लगेर राख्दैमा कोही शासक नहुने बताए । ‘कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिनु परेन ?’, ओलीको प्रश्न थियो, राराष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रुपमा हुनुहुन्छ । अरु कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?’ ।

प्रधानमन्त्री ओलीले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको र आफूहरुको सहमतिबमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याए ।
संविधान निर्माणबा बेला पनि अस्थिरता र फाटो ल्याउने खेलहरू भएको र त्यसलाई पराजित गरेको बताए । प्रधानमन्त्री ओलीले फेरि त्यस्तै खेलहरू हुन थालेकने उल्लेख गरे ।

उनले सबै राजनीतिक दलका नेताहरू अहिलेको संविधान र लोकतान्त्रिक प्रणालीका पक्षमा एक हुनुपर्नेमा जोड दिए ।
देशलाई प्रतिगमनतिर जान नदिनका लागि सरकारमा भएका वा नभएका राजनीतिक दलहरू एक आवाजमा उभिएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

‘जसले अस्थिरता वा संविधानविपरीत कुरा गर्नुभएको छ । म सम्झाउन चाहन्छु । यो बाटो विकास रोक्ने खालको हो’, उनले भने, ‘जनतालाई भ्रममा पार्ने प्रयास हो । कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना देखेको छ भने त्यो सपना नदेख्दा राम्रो ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसका बेला पूर्वराजाका कुरा सुनेर आफू छक्क परेको पनि बताए । ज्ञानेन्द्रले संविधान, कानून, लोकतन्त्र, प्रणाली र प्रक्रियाको कुरा गर्न नमिल्ने उल्लेख गरे । ‘मलाई साथ दिनुस् । म आउँछु देश बचाउँछु’, ओलीले भने, ‘देश के भएको छ ? उहाँहरूका र उहाँहरूबाट प्रेरित यस्ता अराजक क्रियाकलापले देश अप्ठेरोमा पर्दैछ ।’

मलाई साथ देऊ भनेर पूर्वराजाले के मागेको हो बुझ्न नसकेको ओलीले बताए । ‘के चुनावमा साथ माग्या कि ? भोट माग्या कि के मागेको ? मलाई साथ देऊ, म आउँछु । कहाँ आउने उहाँ ? ओलीले भने, ‘राजनीतिमा आउनुस् हामी स्वागत गर्छौं । अराजनीतिमा आउने कि राजनीतिमा आउने । राजनीतिमा आउने भए यू आर वेलकम । उम्मेवार हुनुहुन्छ र साथ माग्न पाउनु हुन्छ, केमा साथ मागेको तपाईंले बुझिएन । केमा साथ माग्नु भएको अहिले बुझिएन मात्रै भनौं ।’

यस्ता कुरालाई साथ दिएर देशलाई फेरि पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने चेतावनी ओलीले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us