
काठमाण्डू, २ चैत– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
हिजो (शुक्रबार) साँझ साढे ७ बजे बिपी चोकस्थित सडकखण्डमा बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई टुचिन लगाएर गोकर्णतर्फ लानेर ल्याउँदै थियो ।
त्यसक्रममा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको काठमाण्डू प्रहरीका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन । उनका अनुसार, दुर्घटना भएलगत्तै उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । यद्यपि, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न सवारीसाधन टिपर र बोलेरो गाडी प्रहरी बिट, जम्मुडाँडाको नियन्त्रणमा छन् । चालक अशोक रोक्का पनि प्रहरी हिरासतमा छन् । बोलेरो चालक सरोज तामाङ फरार रहेकोमा बौद्ध प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ । थप अनुसन्धान भइरहेको छ ।