सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, २ चैत– सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा बस्ने२७ वर्षीय हेम खडका रहेको जिल्ला प्रहरी कार्यलय सिराहले जानकारी दिएको छ ।

खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन ।

खड्काको घर अगाडि तार चुँडिएको थियो । उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्धार हुन सकेन । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयसम्म लाइन नकटाएका कारण उनलाई बचाउन नसकिएको स्थानीय विनोद मण्डलले जानकारी दिए ।

मृतक हेम खड्का ट्याङ्कर चालक थिए । केही वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनी पाँच वर्षीय छोरीको अभिभावक बनेर जीवनयापन गरिरहेका थिए ।

उनको असामयिक निधनपछि छोरी बिचल्लिमा परेकी छिन । नेपाल विद्युत् प्राधिकरण लहान शाखाले ११ केभी भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us