
काठमाण्डू, १२ चैत– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यँहि चैत अन्तिम साता विदा हुँदै छन ।
गभर्नर अधिकारीको कार्यकाल सकिन अब एक–दूई साता मात्रै बाँकी छ । यो सँगै गभर्नर अधिकारीको दिन गन्ती सरु भएको छ । गभर्नर अधिकारीको दिन गन्ती सुरु भएसँगै अब नेपाल राष्ट्र बैंकको गभर्नरको नेतृत्व कसले गर्ला भनेर चासो बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंक, वित्तीय संस्था भित्र मात्रै होइन अर्थतन्त्र बारे चासो राख्नेलाई पनि भावी गभर्नर बारे चासो बढ्न थालेको छ । गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्द भावी गभर्नरका आकंक्षीहरुले पनि शक्ति केन्द्रहरुसँग निकट्ता बढाउन सुरु गरी सकेका छन । तर वर्तमान सत्ता गठबन्धनका मुख्य दल कांग्रेस एमालेबीच राष्ट्र बैंकको गभर्नर कसको भागमा राख्ने सहमति नभई सकेको स्रोतले जानकारी दिएकोे छ ।
एमालेको नेतृत्वमा सरकार रहेको र अर्थमन्त्री समेत एमालेकै रहेकाले गभर्नर पनि एमालेले नै राख्ने धेरैको अनुमान छ । एमाले निकट स्रोतका अनुसार राष्ट्र बैंकको गभर्नर एमालेकै भागमा पर्ने लगभग पक्का पक्कि जस्तै छ । तर अहिले सम्म टुङ्गो भने नलागी सकेको स्रोतले जानकारी दिएको छ ।
गभर्नर प्रशासन क्षेत्रमा आकषर्क पद मानिन्छ । सरकारको ढुकुटी रहने, बैंकहरुलाई नियमन गर्ने, नयाँ नोट जारी गर्ने र नोटमा अस्ताक्षर गर्ने भएकाले गभर्नर पद लाई निकै आकर्षक पदको रुपमा लिने गरिन्छ । मुलकको अर्थतन्त्रलाई कुन दिशामा डोर्याउने भनेर निर्णयक भुमिका निर्वाह गर्ने भएकाले नेपालमा मात्रै होइन विश्वमानै केन्द्रीय बैंकको गभर्नर पद प्रतिको आकर्षण उत्तीकै छ ।
अधिकारीको कार्यकाल सकिन केहि साता मात्रै रहदाँ भावी गभर्नरका आकांक्षीहरुले शक्ति केन्द्रसँग निकट भएर लभिङ सुरु गरीसकेका छन । यो सँगै सरकारले नयाँ गभर्नर छनौट समित गठन समेत गरिसकेको छ ।
यस अघि खासै चर्चा नगरिएको पात्र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको गभर्नर बन्ने सम्भावना पछिल्लो विकसित घटनाक्रमले अधिक देखिएको उच्च स्रोतले जानकारी दिएको छ ।
गभर्नरको बलियो दाबेदार र बढी सम्भावना भनिएको राष्ट्र बैंककै डेपुटी गभर्नर डा. निलम ढुंगानाको चर्चा चुलिएको बेला उच्च स्रोतले भने गभर्नरमा अर्थतन्त्रलाई नजिकबाट बुझेका अधिकारीको सम्भावना रहेको जानकारी दिएको छ । गभर्नरको चर्चामा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी देखि बहालवाला कर्मचारीसम्म, केहि बैकर्स र पुर्व अर्थसचिव समेत शक्तिकेन्द्र धाइरहेको बेला अन्तिम समयमा अधिकारीको चर्चा चुलिएको छ ।उसो त आयोगको उपाध्यक्ष भनेको गभर्नर भन्दा माथिल्लो पद हो ।
तर सरकार परिवर्तन सँगै यो पदका व्यक्तिहरु पनि परिवर्तन हुने भएकाले गभर्नरमा आकर्षण छ । गभर्नर भन्दा माथिल्लो पदमा रहेका अधिकारीलाई बाणिज्यपोष्टले गभर्नर पाउनुभयो भने उपाध्यक्ष पद त्यागिदिनुहुन्छ भनेर सोधेको प्रश्नमा अधिकारीले सकारात्मक संकेत दिएका छन् । उनले गभर्नर पाँच बर्षका लागि हुने भएकाले आफुजस्तो काम गर्ने मान्छेका लागि त्यहाँ काम देखाउँने अवसर हुने बताए । यद्यपि पार्टीले चाह्यो भने गभर्नर बन्न तयार रहेको उनले बताएका छन ।
यदि आयोगको उपाध्यक्ष भइसकेका अधिकारी गभर्नर बने भने माथिल्लो पदबाट तल झरेको यो नै पहिलो घटना हुनेछैन । यसअघि राष्ट्रिय आयोगका उपाध्यक्ष भएका व्यक्ति डा. यूवराज खतिवडा पनि गभर्नर बनेका थिए । गभर्नर ग्ल्यामर पद भएकाले यसमा पुग्न जो केही मरिहत्ते गर्छन भन्ने पुष्टि भइसकेको छ । गभर्नर देशको ढुकुटीको व्यवस्थापन गर्ने व्यक्ति भएकोले यस पदमा अनुभव र योग्यता चाहिन्छ भन्नेमा एमाले र कांग्रेसको नै एकै मत छ ।
तर अहिले गभर्नरको चर्चामा रहेका पात्रहरु धेरैजसो राष्ट्र बैंकमा जोडिएकार जोडिइसकेका पात्र हुन् । देशको मुद्रामा हस्ताक्षर गर्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर हो । जो बैंक तथा वित्तिय संस्थाहरुको नियामक पनि हो । यसकारण पनि यो आकर्षक पद हो ।