
काठमाण्डू, १३ चैत– विश्वविजेता अर्जेन्टिनाले घरेलु मैदानमा भएको देलमा ब्राजिलविरुद्ध सानदार जित हातापरेको छ । आज बिहान भएको खेलमा ब्राजिलविरुद्ध ४–१ को सहज जित हातापार्दै अर्जेन्टिनाले फिफा विश्वकप फुटबल (२०२६) को स्थान सुरक्षीत गरेको हो ।
स्टाडियो मास मोनुमेन्टलमा भएको खेलमा विश्वकप फुटबलको साबिक विजेता समेत रहेको अर्जेन्टिनालाई जित दिलाउनको लागि हुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलेक्सिस र गुइलियानेले समान एक–एक गोल गरे भने यता ब्राजिलको लागि म्याथेस कुन्हाले एक गोल गर्न सफल भए ।
आजको खेल सुरु भएको चौथो मिनेटमा आल्भारेजले सुरुवाति गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउन सफल भएका थिए । त्यसको आठ मिनेटपछि फर्नान्डेजले गोला गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाएका थिए ।
खेलको ३७ औँ मिनेटमा म्याक एलिस्टरले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ब्राजिलसँग ३–१ को अग्रता बनाएको थियो । खेलको ७१ औँ मिनेटमा सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को स्थितिमा राखेका थिए । सिमोनलको यो गोल राष्ट्रिय टिमबाट पहिलो गोल समेत हो ।
यस पछि गोल हुन नसक्दा नियमित कप्तान लियोनल मेसीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले ब्राजिलमाथि सहजै जित निकाल्न सफल भयो ।यो जितसँगै दक्षिण अमेरिकी छनोटको लिग लिडर अर्जेन्टिनाले १४ खेलबाट ३१ अंकसहित विश्वकपमा स्थान सुरक्षीत गरेको हो ।