
काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा झडप हुदाँ प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको बताइएको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो ।
त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।