
काठमाण्डू, १६ चैत-प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको भएको दाबी गरेका छन ।
आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याट्स लेख्दै एमाले उपमहासचि रिमालले यस्तो बताएका हुन । रिमालले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साहको तारिफ गर्दै यस्तो बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको प्रसंगलाई लिएर यस्तो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भएको जिकिर गरेका छन् ।
एमाले उपमहासचिव रिमालले लेखेका छन्, ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ १ महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटे छन्।
यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो।’ काठमाण्डू महानगरपालिकाले काठमाण्डू नकुने घटनामा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गर्दै जरिवाना तिराउन शनिबार पत्र पठाएको छ। महानगरले विभिन्न आठ शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने पत्र काटेको छ ।