प्रसाईंको आराेप : मलाइ देख्नेबितिकै गोली हान्न प्रधानमन्त्रीको आदेश छ

काठमाण्डु टुडे २०८१ चैत १६ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, १७ चैत- गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रर्दशनको जनकमाण्डर समेत रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफु कतै नभागेको बताएका छन ।

आज (आइतबार) सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको प्रतिक्रिया दिएका छन । प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि ।

पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु ।

म नेपाल र नेपालीलाई छाडेर भाग्दिँन । म भाग्नलाई जन्मेको हैन । म झुक्नलाई जन्मेको हैन । बरु म मर्छु तर तपाईंहरुको अगाडि नै मर्छु ।’ प्रसाईंले तीनकुने घटनाबारे यथार्थ बुझिदिन आग्रह गर्दै पत्रकारलाई जिउँदै आगो लगाइएको, घरमा प्रहरीहरु तैनाथ राखिएको विषयमा सत्यतथ्य बाहिर ल्याइदिन पनि अनुरोध गरे ।

उनले कसैलाई गोली हान्न, घरमा आगो लगाउन, निजी सम्पत्ति तोडफोड गर्न, सुरक्षाकर्मीमाथि जाइलाग्न आदेश नदिएको जिकिर पनि गरेका छन् । उनले भनेका छन्, ‘बरु एयरपोर्ट कब्जा गरौं ।

संसद् भवन कब्जा गरौं तर मान्छेका घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर साथीहरु भनेर भनेको छु । जुन घटना भएको सोप्रति भने म दुःख व्यक्त गर्न चाहान्छु ।’

तीनकुने घटनामा पाँच जनाको मृत्यु भएको दाबी गर्दै प्रसाईंले बाँकीको मृत्युको विवरण पनि सार्वजनिक गर्न सरकारलाई आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us