
काठमाण्डू, १८ चैत- पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको दाबी गरेका छन ।
आज (सोमबार)को प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले यस्तो आरोप लगाएका हुन । एमाले सांसद भट्टराईले ज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताए ।
उनले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उनलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैनरु भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गरे ।
उनले भने, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो। आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो। त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु ।
सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैनरु म सरकरालाई सोध्न चाहान्छु ।’ उनले पृथ्वी नारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको उल्लेख गरे ।
उनले नेपालको सिमाना कहाँ थियो आज कहाँ छरु भन्दै प्रश्न समेत गरेका छन ।