तीनकुनेमा राजावादीको प्रर्दशनः ६० राउन्ड गोली प्रहार, ७४६ राउन्ड अश्रुग्यास

काठमाण्डु टुडे २०८१ चैत १८ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, १९ चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको आन्दोलनमा ६० राउन्ड गोली चलेको खुलेको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली चलाएको थियो ।

यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको थियो । त्यसैगरी ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ ।

१९२ राउण्ड ब्ल्यांक राउण्ड चलेको प्रहरी स्रोतले जानकारी दियो । यसमा गोलीको जस्तो आवाज मात्रै आउने प्रहरी अधिकारीहले जानकारी दिएका छन । कार्टिज (छर्रा) भने २३९ पटक प्रहार भएको पाइएको छ ।

राजावादी प्रदर्शनमा प्रहरी ५५ जना , सशस्त्र प्रहरी २२ जना र प्रदर्शनकारी ५२ जना घाइते भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us