एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाण्डु टुडे २०८१ चैत १८ गते १८:१० मा प्रकाशित

काठमाण्डू, १९ चैत– नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रप्त गरेका छन ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक गएपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८) को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us