
काठमाण्डू, १९ चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरीएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको शवको आजै पोस्टमार्टम गरिएको थियो ।
लगत्तै परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो । उनको शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिए । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ ।