राजावादी आन्दोलनबारे गृहमन्त्रीः संविधान उल्ट्याउने उद्देश्यले प्रेरित थियो

काठमाण्डु टुडे २०८१ चैत २१ गते १४:१५ मा प्रकाशित

काठमाण्डू, २२ चैत– गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको दाबी गरेका छन ।

आज (शुक्रबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री लेखकले यस्तो बताएका छन । उनले भने, ‘यसमा कुनै भ्रम र द्विविधा छैन ।

यो प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’ राजावादीहरुले आयोजना गरेको उक्त प्रदर्शन शान्तिपूर्ण धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यले नगरिएको पनि बताएका छन । तीनकुनेमा भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल ढंगले भएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us