
काठमाण्डू, २२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन ।
आज (शुक्रबार) बर्खास्तीमा परेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्रधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनले भने, ‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्याउन सक्नु नै मेरो कार्यकालको सफलता हो ।’