प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ चैत २१ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, २२ चैत– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज (शुक्रबार) थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताहरुबीच सौहार्द कुराकानी चलिरहेको छ । दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा तथा एस जयशंकरसहितको टोली वार्तामा सहभागी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us