
काठमाण्डू, २२ चैत– बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा सुनुवाइ सकिएको छ ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । उक्त रिटमा शुक्रबार बहस सकिएको स्रोतले जानकारी दिएको छ ।
अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले बहस सकिएसँगै आदेश जारी हुने बताएका छन । ‘बहस सकिएको छ, अब आदेश जारी हुन्छ,’ उनले भने ।
यसअघि बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सोही मुद्दामा जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।