
काठमाण्डू, २३ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । आफ्नो थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो ।
केहीबेरअघि प्रधानमन्त्री ओली सवार जहाज विमानस्थलमा अवतरण गरेको सचिवालयका एक सदस्यले जानकारी दिएका छन । प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा विभिन्न भेटघाटमा सरिक रहे ।