शिक्षकहरूले गरे सडकमा सुतेर प्रदर्शन

काठमाण्डु टुडे २०८१ चैत २२ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, २३ चैत– विभिन्न जिल्लाबाट काठमाण्डू केन्द्रित भएर आन्दोलन सुरु गरेका शिक्षकहरुले आज काठमाण्डूको नयाँ बानेश्वर– बबरमहल क्षेत्रको सडकमा सुतेर प्रदर्शन गरेका छन ।

केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन गरिएका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाण्डू केन्द्रित भएका छन् । शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् । अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूको माग छ ।

आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारले बोलाएको वार्ता पनि अस्वीकार गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us