आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले भनेः दुःख नपाए हुन्छ, सरकारले कुरा सुन्छ

काठमाण्डु टुडे २०८१ चैत २२ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, २३ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको कुरा सरकारले सुन्ने भन्दै धेरै दुःख नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन ।

थाइल्यान्डको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरूको कुरा सुन्छ पनि । न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी हो ।

यो सबै हामी एउटै हौं, ‘के कति गर्न सकिन्छ भन्ने कुरा परस्परमा कुरा गरेर टुंगिने हो । धेरै उहाँहरूले पनि दुःख नपाए हुन्छ ।’ देशभरका शिक्षकहरू केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित प्रदर्शनमा छन् । शनिबार पनि उनीहरू नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले शिक्षकको कुरा नसुनेको र अहिले त्यस्तो नहुने बताए । अहिलेको सरकारले आफ्ना कुरा सुन्ने देखेपछि नै शिक्षकहरू प्रदर्शनमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us