
पाल्पा, २३ चैत– पाल्पामा आगोलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–७ का ६१ बर्षीय टेकबहादुर सर्तुङ्गे रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा भिरबाट लडेर सर्तुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।
उक्त जङ्गलमा लागेको आगो निभाउने क्रममा सर्तुङ्गे अचानक भिरबाट लडेका थिए । भिरबाट २० मिटर तल आगो लागिरहेको ठाउँमा खसेपछि उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।