
काठमाण्डू, २३ चैत– पाल्पामा कालीगण्डकीमा डुबेर एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार दिउँसो खोलामा माछा मार्न जान्छु भनी घरबाट हिँडेका उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । मृतकका शवलाई प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको पहरीले जानकारी दिएको छ ।