
काठमाण्डू, २३ चैत– एमालेकी सचेत सुनिता बरालले इतिहास पढ्नका लागि मात्रै नभएर इतिहास निर्माण गर्नका लागि पनि भएको बताएकी छन् ।
आज (शनिबार) बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिले काठमाण्डूमा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्वः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको औचित्य’ विषयक अन्तर्क्रियामा बोल्दै एमालेकी सचेतक बरालले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘इतिहास पढ्नका लागि मात्रै होइन, निर्माण गर्नका लागि पनि हो, ‘यसका लागि प्रशस्तै काम गर्न बाँकी छ ।’
उनले संसदीय व्यवस्थालाई थप परिस्कृत गर्न सकिने बताइन् । वर्तमान सरकारले संविधान संशोधनका लागि पनि विषय उठान गरेको उल्लेख गर्दै त्यो दिशामा जान सकिने पनि उनले बताएकी छन ।